भक्तपुर - भक्तपुरमा रणकालीन अवस्थामा ठुलो संर्घषका बाबजुद विसं १९८१ श्री पद्म माध्यमिक विद्यालय खुलेको थियो । शिक्षा विकासलाई मध्यनजर गर्दै खुलेको यो विद्यालय भक्तपुरको नै पहिलो विद्यालय हो ।
श्री पद्मको स्थापना चन्द्रशमशेरको पालामा ‘भादगाउँ अङ्ग्रेजी विद्यालय’ का नामले भएको थियो। समाजसेवी जगबहादुर अमात्य र पण्डित शिवप्रसाद मिश्रले दुई कक्षासम्म सञ्चालन गरेका थिए। प्रारम्भिक चरणमै अङ्ग्रेजी शिक्षा भित्र्याउने यो भक्तपुरकै पहिलो स्कुल थियो।
विसं २००३ सालमा पद्म शमशेरले यसलाई माध्यमिक तह बनाउने हुकुम दिएसँगै यसको नाम पनि फेरियो। यहाँका विद्यार्थी २००३ सालबाटै एसएलसी परीक्षामा सहभागी थिए। त्यो बेला ४ जना विद्यार्थीले परीक्षा दिएका थिए । राणा काल देखि विभिन्न समस्या झेल्दै भक्तपुरको शैक्षिक गुणस्तरलाई ध्यान दिँदै आएको उक्त विद्यालय हाल टहरामा अध्यापन गराउन बाध्य भएको छ । भक्तपुर नगरपालिकाको उपेक्षाका कारण उक्त विद्यालय हाल दहनिय अवस्थामा पुगेको हो ।
शिक्षाको क्षेत्रमा आफूले ठुलो काम गरेको भन्दै हिँड्ने नेपाल मजदुर किसान पार्टीको १०० प्रतिशत जनप्रतिनिधि भएको उक्त नगरपालिकाको उपेक्षामा श्री पद्म र २००४ सालमा स्थापना भएको विद्यार्थी निकेतन माध्यमिक विद्यालयको अवस्था दयनीय भएको हो । संसद्मा शिक्षा क्षेत्रमा आफूहरूले गरेको योगदानको ठुलो चर्चा गर्ने प्रेम सुवालको घर भन्दा १०० मिटरको दुरीमा रहेका यी दुई विद्यालयलाई भने पुन निर्माण सम्म गर्न नदिँदा विद्यार्थी पुरानो र जोखिम पूर्ण भवनमा नै अध्ययन गर्न बाध्य हुँदै आएका छन् ।
आफ्नो विश्व विद्यालय माग गर्दै प्रतिनिधिसभा र प्रदेश सभाका संसद्मा चर्का भाषण गर्ने नेपाल मजदुर किसान पार्टीका नेताहरूले स्थानीय तह देखि नै भक्तपुरका पहिला विद्यालयका रूपमा रहेका यी विद्यालयको अस्तित्व भने मेटाउन लागी परेका छन् ।भक्तपुर नगरपालिकाले दुवै विद्यालयको नक्सा पास सम्म नगर्ने विद्यालयको भौतिक अवस्थाको विषयमा चासो नदिने र कसैले भवन बनाई दिने भनी पैसा दिए पनि भवन बनाउन नदिने जस्ता कार्य गर्दै आएको छ । तर ख्वप कलेज र विद्यालय निर्माणका लागि भने प्रदेश देखि स्थानीय तह सम्मको ढोका ढकढकाउँदै रकम ल्याउन ग