उत्तरी आयरल्याण्डको प्रहरीले लण्डनडेरीमा आइरिस एकता पक्षधर युवाहरूले शनिबार रातभर गरेको दङ्गामा १० जना प्रहरी घाइते भएको जनाएको छ।
डेरी सिटी र स्ट्राबेनका प्रहरी सुपरिटेन्डेन्ट विलियम काल्डरवुडले भन्नुभयो, “हामीले देखेका दृश्यहरू घृणित थिए।”
उहाँले भन्नुभयो, “हिंसाका कारण हाम्रा अधिकारीहरू घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।”
बेलायतप्रति वफादार समूहले शहरमा जुलुश निकालेपछि भएको झडपमा ५० जनाभन्दा बढी युवाहरू सामेल थिए र यो केही घण्टासम्म चलेको थियो ।
आयरल्याण्ड गणतन्त्रको सीमा नजिकै रहेको क्याथोलिक बहुल शहर हुँदै वार्षिक प्रोटेस्टेन्टको प्रदर्शन र परेड कुनै पनि घटना बिना नै सम्पन्न भएको थियो ।