काठमाडौं - एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटे र भुटानको लिग च्याम्पियन पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल भोलि साँझ ६ बजेदेखि सुरु हुनेछ ।
उक्त खेलका लागि दुवै टोलीले आफू तयार रहेको बताएका छन् । यस खेलको विजेता टोली च्यलेञ्ज लिगको मुख्य चरणमा प्रवेश गर्नेछन् । चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्नका लागि आफ्नो टोली तयार रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कप्तान अनन्त तामाङले आफ्नो टोली शारीरिक र मानसिक रुपमा तयार रहेको बताए ।
पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिमको संयोजन राम्रो रहेको उल्लेख गर्दै खेल रोचक बन्ने उल्लेख गरे। गत वर्ष पनि पारो एफसी कप छनोट खेला खेल्न नेपाल आएको थियो । त्यतिबेला पारो मछिन्द्र क्लबसँग पारजित भएको थियो ।