काठमाडाैं - सानिमा बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ ।सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको हाे ।
सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ। छुटका लागि ग्राहकहरुले बुद्ध एयरको कार्यालय (City Sales Office) वा एयरपोर्टको काउन्टर(Airport Sales Counter) बाट भुक्तानी गर्नुपर्नेछ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाईट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।