ढाका - बंगलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बंगलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी बृद्धि दर रहेको बङ्लादेशको तथ्यांक विभाग (बीबीएस) ले सोमबार जनाएको छ।
मुख्यतया खाद्यान्नको मूल्य बृद्धिका कारण मुल्यवृद्धिदर अस्वभाविक रुपमा बढेको विभागको तथ्यांकले जनाएको छ । गत जुन महिनामा मुल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बीबीएसको तथ्यांकले देखाएको छ ।
बीबीएसका अनुसार खाद्य मुल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो । यसै गरी जुन महिनामा पनि खाद्य मुल्यवृद्धि दर १०.४२ प्रतिशत थियो ।
गैर–खाद्य पदार्थको मुल्यवृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।आर्थिक वर्ष २०२३–२४ मा देशको औसत मुल्यवृद्धिदर बढेर ९.७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्य भन्दा धेरै हो ।
तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०२२–२३ मा बंगलादेशको मुल्यवृद्धिदर ९.०२ प्रतिशत रहेको थियो ।