मुगु - चिन र नेपालसँग सिमा नाका जोडिएका स्थानिय प्रमुखहरु विच भेटवार्ता भएको छ । चिनको ह्यजिमारमा चलिरहेको हाटबजारमा मुगुम कार्मारोंग गाउँपालिका प्रमुख र चिनका नाका हेर्ने प्रमुखबीच भेटवार्ता भएको हो ।
शनिबार कार्मारोंग गाउँपालिका प्रमुख छिरिंग क्याप्ने लामा र मुगु,डोल्पा,हुम्ला हेर्ने चिनियाँ अधिकारी शुचिबीच वान टु वान भेटवार्ता भएको टोलिमा सहभागी मुगम कार्मारोंग गाउँपालिकाका सुचना तथा प्रविधि अधिकृत सोबेन्द्र बहादुर मल्लले जानकारी गराएका हुन् ।
मुगुम कार्मारोंग गाउपालिका प्रमुख छिरिंग क्याप्ने लामा सहितको नेपालको टोलि शनिबार चिनको ह्यजिमार पुग्दा चिनियाँ सिमा अधिकारी शुचि सहितको टोलिले टसि खातासहित चिनियाँ परम्परा अनुसार स्वागत गरेका थिए । सूचना अधिकृत मल्लका अनुसार भेटवार्तामा पालिका प्रमुखले नाग्चेलाग्ना नाका, चीन र नेपालको परम्परागत नाका भएकोले सिमासम्म दुवैतर्फ नाका खोल्ने प्रस्ताव गरेकाे छ ।
सिमा नाका हेर्ने स्थानिय चिनियाँ अधिकारी सुचिले पालिका प्रमुखको प्रस्तावलाई स्वीकार गर्दै आफुले पनि नेपालसँगको १३ नं पिल्लर रहेको चिनियाँ नाकासहित अन्य नाका स्थायी रुपमै खोल्न र सडक लगायत अन्य पुर्वाधार बनाउन पहल गर्ने प्रतिवद्धता गरेको पनि सुचना प्रविधी अधिकृत मल्लले जानकारी गराए ।
कोरोनाका कारण लामाे समयदेखि , झण्डै ५ वर्ष बन्द रहेकाे नेपाल चिनकाे नाका यो वर्ष चिनले १५ दिनका लागि खोली दिएको छ । १५ दिनको यो अवधीमा चिनले सिमा नाकामा हाट बजार लगाएको छ । हाट बजार साउन १७ गतेबाट शुरु भै ३१ गतेसम्म चल्नेछ ।चिनको भुभाग ह्यजिमारसम्म समथल रहेकाले सवारी साधनहरु नाकासम्मै आउने गर्दछन् तर मुगु जिल्ला सदरमुकाम गमगढीबाट नाग्चेलाग्नासम्म रहेको ८७ किमि सडक दुरि मध्य १७ किमि मात्र ट्याक खोलिए पनि बाँकी दुरि पैदलै पार गर्नु पर्ने अवस्था रहेकाे छ ।