काठमाडौं- सरकारले गत साता काठमाडौंमा सम्पन्न काभा वुमन्स भलिवल लिग खेल्ने नेपाली महिला भलिवल टिमका १४ खेलाडीलाई जनही ३ लाख दिने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिरपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले काभा महिला भलिबल प्रतियोगितामा सहभागी नेपाली टीमका १४ खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षक १ जनालाई २ लाख एवम् व्यवस्थापक १ जना, सहायक प्रशिक्षक १ र फिजियो १ गरी ३ जनालाई १ लाख २० हजार रूपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेको बताए ।
नेपालमा भएको सो प्रतियोगीतामा नेपाल उपविजेता बनेको थियो । फाइनलमा भारतसँग ३।२ को सेटमा पराजित भएपछि नेपाल उपाधिबाट विमुख बनेको थियो ।