कर्णाली - आइतबार बिहानै देखि कर्णालीमा विद्युत् अवरुद्ध हुदा कर्णाली बासि अन्धकार भएको छ । कोहलपुर सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णालीमा विद्युत् विहीन बनेको हो ।
विद्युत् प्राधिकरण सुर्खेत शाखाका अनुसार ३३ केभी प्रसारण लाइनको हर्रे र बबईको बिच खोलामा रुख ढलेर विद्युत् पोलमा खस्दा तार चुटेर लाइन अवरुद्ध भएको हो । त्यहाँ करिब ६ वटा पोलको तारामा क्षति पुगेको हुदा विद्युत अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।
बाग्लाे घना बन जङ्गल बिचमा भएकाले प्राधिकरणका कर्मचारीहरू बिहानै देखि क्षतिग्रस्त ठाउँ खोज्न हिँडे पनि बेलुका ६ बजेतिर मात्र पत्ता लागेको र अहिले मर्मत गर्ने काम भइरहेको छ । विद्युत् अवरुद्ध हुँदा नेट, इन्टरनेट समेत अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।
विद्युत् अवरुद्ध भएपछि कर्णालीमा नेपाल टेलिकमको नेटवर्क सेवा प्रभावित हुने गरेको छ । जसका कारण फोन सम्पर्क गर्न समेत कठिनाइ हुन्छ । कर्णालीमा आइतबार बिहानैदेखि ठुलो वर्षा समेत भइरहेको छ ।विद्युत बन्दहुदा साना उद्योग , विद्युत बाट हुने सबै सेवा बन्द भएका छन भने सामान्य माेवाईल समेत चाज गन समस्या आएको छ ।