रुकुम पूर्व - रुकुम पूर्वको सुनदहको पाटनमा भेडी बथानकाे लर्काे लागेकाे छ ।
पुथा उत्तरगङ्गा गाउँपालिका- ३ स्थित चार हजार चार सय ३५ मिटरको उचाइमा रहेको सुनदह पाेखरी र सुनदहको पाटनमा प्रशस्ता घाँस र पानी भएकाले भेडी बथानकाे लर्काे लागेकाे हाे ।
यतिबेला पुथा उत्तरगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट ठुलो संख्यामा भेडा चराउन पाटनतिर ल्याएका छन् ।
तस्बिर - सर्जना कार्की र रासस