काठमाडौं– सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि. बीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहक एवं कर्मचारीलाई सामसुङको मोबाइल सेट सहज रूपमा मासिक किस्तामा प्रदान गरिने जनाइएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस नेपाल प्रा. लि.को तर्फबाट सेल्स तथा अपरेसन म्यानेजर नारायण प्रसाद भुषालले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार सानिमा बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरू रिकमेन्डेड रिटेल मूल्यमा खरिद गर्न सकिने छ । त्यस्तै बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याजदरका साथ १८ महिना सम्मको मासिक किस्ता भुक्तानी गर्न सकिने पनि बैंकले जनाएको छ ।