काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको बिद्योदय माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले विद्यालयलाई विभिन्न भौतिक सामग्रीहरू सहयोग गरेको हो । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रममा विद्यार्थीको दिवाभोजका लागि आवश्यक पर्ने विभिन्न भाँडाकुँडालगायत अन्य सामाग्री सहयोग गरेको बैंकले जनाएको छ । उक्त सहयोगबाट विद्यालयका विद्यार्थीको दैनिक पठनपाठन एवं गुणस्तरीय शिक्षाका लागि सहज हुने विद्यालयका प्रधानाध्यापकले बताए । विद्यार्थीहरूको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरू पूर्ण मानव बन्न सक्छन् भन्ने कुरालाई शिरोधार्य गर्दै विद्यालयले आफूलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन बैंकले जनाएको छ ।