महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर शाह सुडी नील हिरा समाजद्वारा मङ्गलबार काठमाडौँमा आयोजित २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४मा सहभागी हुँदै ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा नेवार समुदायहरुले निकालेका गाईजात्रामा लाखे नाच, ठ्याक ठुक्के नचा र गाईजात्रा बनाउँदै । ताप्लेजुङ लगायत नेवासर समुदायको बसोबास गर्ने विभिन्न स्थानमा धुमधामका साथ मनाइने पर्व हो । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।
म्याग्दीको बेनीमा गाईजात्रा पर्वको अवसरमा निकालिएको नेवार समुदायको मौलिक पोशाकसहितको झाँकीमा सहभागी बाल कलाकारहरु । भाषा मंकाः खल म्याग्दीले मौलिक कला र संस्कृति लोप हुन नदिन बाल कलाकारहरुलाई सीप सिकाउन थालिएको छ ।
नील हिरा समाजद्वारा मङ्गलबार काठमाडौँको ठमेलमा २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मनाउँदै । जहाँ नेपालभरबाट यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिको सहभागिता रहेको छ ।
काठमाडौँको तारकेश्वरस्थित मनमैजुमा मङ्गलबार नेवारी समुदायको परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइँदै । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजको दिन गाई र मानिसलाई श्रृङ्गारी बजार परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ ।
पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खांदबारीमा दिवङ्गत आफन्तजनको सम्झनास्वरुप आत्मा शान्तिको कामना गर्दै निकालिएको गाईजात्रा (सापारु) । विशेषगरी नेवारी संस्कृतिको परम्पराअन्तर्गत रहेको यस पर्व परिवारका आफन्तजनको सहभागितामा गाई र मानिसलाई श्रृङ्गारी बजार परिक्रमा गराई मनाउने गरिन्छ ।
तस्बिरः सुजन बज्राचार्य/रासस