काठमाडौं– वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार सन्तती छात्रवृत्ति कार्यक्रममा सहभागी हुन योग्यता पुगेका विद्यार्थीहरुको आवेदन माग गरेको छ । बोर्डले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका वा अंगभंग र बिरामी भई कल्याणकारी कोषबाट सतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने प्रयोजका लागि आवेदन माग गरेको हो ।
बोर्डले १८ वर्ष मुनिका १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने जनाएको छ । मुलुकको कुनै पनि सामुदायिक एवं संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नियमानुसार छात्रवृत्ति पाउने बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए । छात्रवृत्ति प्राप्त गर्न योग्यता पुगेका इच्छुक विद्यार्थीहरुले आ–आफ्नो विद्यालयमा आगामी असोज मसान्तसम्म आवेदन दिन सकिने उनले जानकारी दिए ।
छात्रवृत्ति प्राप्त गर्न वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० वमोजिम आ–आफ्नो विद्यालले निवेदन प्राप्त भएपश्चात् आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित स्थानीय तहमा सिफारिस गर्नुपर्ने छ । अहिले विद्यालयमार्फत स्थानीय तहमा विद्यार्थीको आवेदन संकलन गर्ने कार्य सुरु भइसकेको कार्यकारी निर्देशक उप्रेतीले बताए ।
छात्रवृत्तिका लागि बोर्डले शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक १२ हजार र त्यसमाथि कक्षा १२ सम्म अध्ययन गर्नेलाई १६ हजार रुपैयाँ उपलब्ध गराउने छ । यसअघि बोर्डले शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक आठ हजार र ९ कक्षादेखि १२ कक्षासम्म वार्षिक १२ हजार रूपैयाँ दिँदै आएको थियो ।
यद्यपि बोर्डले प्रदान गर्ने छात्रवृत्ति वैदेशिक रोजगारीमा जाने नेपाली कामदारबाट कल्याणकारी कोषमा जम्मा भएकै रकमबाट उपलब्ध गराउँदै आएको छ ।महानिर्देशकको जिम्मेवारी दिइएको हो । उनी यसअघि अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी थिए । श्रम तथा वैदेशिक रोजगारसम्बन्धि अनुभव नभएका खत्रीलाई विभागको महानिर्देशक बनाइएकोप्रति मन्त्रालयका अधिकारीहरुनै असन्तुष्ट रहेको बताइन्छ । श्रम मन्त्रालयले खत्रीलाई विभागको महानिर्देशकका रुपमा काम गर्न आइतबार नै खटाइसकेको छ ।
यसअघि विभागको महानिर्देशक रहेका डण्डुराज घिमिरेलाई मन्त्रालय तानिएको छ । करिब सात महिना विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालेका घिमिरेलाई मन्त्रालय फिर्ता बोलाए पनि अर्को जिम्मेवारी तोकिएको छैन । घिमिरे करिब तीन वर्षदेखि श्रम मन्त्रालय र अन्तरगतका निकायको जिम्मेवारीमा रहेका थिए । श्रम तथा वैदेशिक रोजगारसम्बन्धि जानकार रहे पनि सन्तोषजनक कार्य सम्पादन नगरेको भन्दै घिमिरेलाई श्रम मन्त्री शरत सिंह भण्डारीले फिर्ता गराएको मन्त्रालय स्रोतको भनाई छ ।
घिमिरेअघिका महानिर्देशक मदन दाहाललाई पनि मन्त्रीले दिएका जिम्मेवारी पूरा गर्न नसकेको भन्दै करिब सात महिनामा नै मन्त्रालयमा फिर्ता बोलाइएको थियो । सो समयमा पनि भण्डारी नै श्रममन्त्री थिए । यसरी पटक–पटक महानिर्देशक फेरिनुले विभागको कार्य सम्पादनमा असर पुग्नुका साथै सेवाग्राही समेत मर्कामा पर्ने गरेको सरोकारवालाहरुको भनाइ छ ।