काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले वार्षिकोत्सवका अवसरमा नेपाल बाल संगठनलाई सहयोग गरेको छ । औपचारिक रूपमा कारोबार शुभारम्भ गरेको एक वर्ष पुरा गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) लाई रु. १ लाख ५० हजार रूपैंया सहयोग गरेको हो । उक्त सहयोग रकम बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल बाल संगठन (बाल मन्दिर) का महासचिव गणेश भक्त श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरूमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरूलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको बैंकले जनाएको छ ।