काठमाडाैं – नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा छापा मारेको छ । काठमाडाैंकाे अनामनगरमा रहेको सङ्घको कार्यालयमा आज छापा मारेको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिएका हुन् ।
नक्कली कलाकार र गायकको कागजात बनाएर अस्ट्रेलिया पठाउने समाचार आएपछि छापा मारेको उनले बताए । प्रहरीले केही थान कम्प्युटर र कागजपत्र बरामद गरे पनि कसैलाई पक्राउ गरेको छैन । सम्बन्धित व्यक्तिलाई बोलाएर सोधपुछ गर्ने प्रहरीले जनाएको छ ।