काठमाडौं - स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ ।
बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँचले कम भई आज रु एक हजार आठ सय ३० मा कारोबार भएको छ ।