काठमाडौं– कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ति तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुनेगरि स्वास्थापोचार बीमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत १८ घातक रोगहरू विरुद्ध बीमा सुविधा प्रदान गरि आएकोमा, विभिन्न ग्राहकहरूले बीमा दाबी भुक्तानी पाउने क्रम बढ्दो छ । हालसम्म, परिवार सुरक्षा बचत खाता मार्फत ६१ बीमीत ग्राहकहरूले रु १,३५५,१८३ बराबरको दाबी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । यीमध्ये धेरैजसो औषधोपचार बीमा दाबीहरू रहेको भनाई बैंकको छ । उक्त बीमा भुक्तानी बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा गरेको बैंकले जनाएको छ ।