काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले नजिकिँदै गरेकाे चाडलक्षित सवारी कर्जा सार्वजनिक गरेकाे छ ।
बैंकले नेपालीहरुको महान चाड तीज, दशैं, तिहार र छठलाई लक्षित गर्दै सवारी कर्जा सार्वजनिक गरेको हो । नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकमा अधिकतम १ करोड रुपैयाँसम्मको कर्जा पाइने बैंकले जनाएकाे हाे ।
उक्त योजनामा बैंकले नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत व्याजदरमा ऋण प्रवाह गरी गाडी किन्नका लागि एक करोडसम्म ऋण दिने भएको छ । साथै याे योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने बैंकले जनाएको छ ।