काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र इएमक्यू रेमिट कम्पनीबीच सम्झौता भएको छ । सम्झौताअनुसार जापान, युएई, जोर्डनस्थित उपभोक्ताहरूले इएमक्यू रेमिटको प्रयोग गरि सिटी एक्सप्रेस मार्फत् नेपालमा सजिलैसँग पैसा पठाउन सकिने जनाइएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र इएमक्यूका तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउले हस्ताक्षर गरेका छन् । सम्झौतापछि यी देशबाट सजिलै नेपालमा पैसा पठाउन सकिने साथै नेपालभरका सिटी एक्सप्रेससँग आबद्ध ७५०० भन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी गर्न सकिने जनाइएको छ ।