काठमाडौं- नेपाल माउन्टेन एकेडेमीले सहासिक खेलका रुपमा परिचित टप रोप क्लाइम्बिङ प्रतियाेगिता सम्पन्न गरेकाे छ । एकेडेमीले शनिबार काठमाडौंस्थित पासाङ ल्हामु फाउडेशन वाल क्लाइम्बिङमा आयोजना गरेकाे साे प्रतियोगिताको उपाधि पुरुषतर्फबाट भिमबहादुर तामाङ र महिला तर्फबाट सपना ढुंगेलले जितेका हुन् ।
थापा गाउँ बिजुलीबजारमा रहेकाे नेपाल माउन्टेन एकेडेमीका विद्यार्थीहरुको द एकेडेमी स्पोर्ट्स कमिटीले 'द वाल क्लाइम्बिङ इभेन्ट' विशेषगरी कक्षा १२ पास गरेका विद्यार्थीहरुका लागि हिमाल आराेहणसम्बन्धी अध्ययन गर्न आउन चाहने नयाँ विद्यार्थी र यसैलाई ब्यावसायिक रुपमा अगाल्न चाहनेहरुकालाई प्राेत्साहान गर्ने उदे्श्यका आयाेजना गरेकाे आयाेजकले जनाएकाे हाे । उक्त प्रतियोगितामा उपत्यकाकाे विभिन्न कलेज क्याम्पसका विद्यार्थीहरु सहभागी भएकाेमा ५७ जना पुरुष र २३ जना महिला रहेकाे थिए । प्रतियोगितामा पहिलो,दोस्रो,तेस्रो,चौंथो र पाँचौं हुने खेलाडिहरुलाई क्रमश: ४ हजार,३ हजार,१ हजार ५ सय र १ हजार नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएकाे थियाे ।
उक्त क्लाइम्बिङ प्रतियाेगिता १५ मिटरकाे दुरीलाई ७ मिनटको समयभित्र पार गरिसक्नुपर्ने थियाे । भिम बहादुरले ३६.६९ सकेन्डमा निर्धारित दुरी पार गर्दै पुरुष तर्फको उपाधि जितेका हुन् भने महिला तर्फको प्रथम उपाधि चुम्न सफल सपना ढुंगेलले निर्धारित दुरी ५५.३७ सेकेन्डमा उपाधि हात पारेकी हुन् ।
त्यस्तै छिरिङ राईले ४१.८२ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थानको उपाधि हात पारेका हुन् । विजय श्रेष्ठले ४५.८२ सेकेन्ड, विशाल भट्ट ४७.९३ र आशिष हेम्बाले ४८.७० सेकेन्डमा दुरी पार गर्दै क्रमश: तेस्रो, चौथो र पाँचौ स्थानको उपाधि सुरक्षित गरेका हुन् ।
त्यस्तै दोस्रो स्थान बाजी मार्न सफल जस्मीन कार्कीले १ मिनेट १८.२९ सेकेन्डमा निर्धारित दुरि चुमेकि थिइन् । त्यस्तै सरस्वती खड्काले १ मिनेट २६.६६ सेकेन्ड, निर्मला भट्टले १ मिनेट ३४.४६ सेकेन्ड र विनु राईले १ मिनेट ३५.१२ सेकेन्डमा निर्धारित दुरी चुम्दै क्रमश ः तेस्रो, चौथो र सान्तवना स्थानमा आफुलाई सुरक्षित बनाएका हुन् ।
पुरुष र महिला तर्फ प्रथम, दोस्रो र तेस्रो विजेतालाई नगदसहित मेडल प्रदान गरिएको नेपाल माउन्टेन एकाडेमीका कार्यकारी निर्देशक अर्जुन राईले बताए । चौथो र पाँचौं स्थान हासिल गरेकालाई नगद पुरस्कार प्रदान गरेको उनले बताए । पछिल्लो समय एडभेन्चर पर्यटकहरुको आगमनसंगै यसतर्फ युवाहरुको आकार्षण बढ्दै गैरहेको छ ।
नेपाल माउन्टेन एकेडेमीका कार्यकारी निर्देशक अर्जुन राईले भने,' याे प्रतियोगिता नेपाल माउन्टेन एकेडेमीमा ब्याचलर पढेका विद्यार्थीहरुको पहलमा, नेपाल माउन्टेन एकेडेमीको सहयोग र पासाङ ल्हामु फाउडेशनले वाल क्लाइम्बिङमा सहयोग आयोजना गरेको हाे । '
नेपाल माउन्टेन एकेडेमीका कार्यकारी निर्देशक अर्जुन राईका अनुसार हामीले चाहिँ कक्षा १२ पास गरेका विद्यार्थीहरुका लागि पहिलो पटक यस्तो प्रतियोगिताको आयोजना गरेका हौं । यस प्रतियोगितापछि उनीहरुलाई धेरै कुराहरु बिस्तारै रुचि बढैं जान्छ र यसबारे अझ थाहाँ हर्दै जानेछन् ।
उनले भने, ‘वाल क्लाइम्बिङ भनेको विशेषगरी माउन्टनी एक्दमै आधारभुत विषय हो । यसबाट उनीहरुले विभिन्न सिपहरु पनि सिक्नेछ, सगँसगैंपछि उनीहरु व्यावसायिक भइसकेपछि अभ्यास गर्नको लागि वाल क्लाइभि पनि चाहिँन्छ । त्यस कारण वाल क्लाइम्बिङबाट सिपहरु सिक्र्दै जाने हर्दा कम्तिीमा पनि वाल क्लाइम्बिङ भनेको के हो? यसको बारेमा थोरै मात्र बझे भने विद्यार्थीहरुको रुचि बढ्छ र यो क्षेत्रमा जानेछ भने हाम्रो अपक्ष्य हो ।’
उनले थपे, ‘हामी कहाँ यो पर्वतारोहण, साहसिक टरिजमको एक्दमै सम्भावना छ । तर यो विषय के हो?, कसरी गर्ने? कता पढ्न पाइन्छ ? भने जानकारी धेरैमा छैन् । त्यो विषय चाहिँ युवा पुस्ताहरुमा पुराउनको लागि हामीले यो प्रतियोगिताको आयोजना गरेका हौं ।’
नेपाल माउन्टने एकडेमी पर्वतारोहण क्षेत्रको जनशक्ति उत्पादन गर्ने मुख्य संस्था हो । यहाँ पढेका विद्यार्थीहरु अहिले विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । उनीहरु हिमाल आरोहण कम्पनीहरुमा पनि आर्वद्ध रहेका उनले जानकारी दिए ।
त्यस्तै खेलका निर्णायक प्रमुख फुर्पा शेर्पाले भने , ' यो खेल कुनै बेला सहासिक भन्ने गरिन्थ्यो भने अहिले खेलकुदको वर्गमा राखिएको छ।'
यो प्रतियोगिता बिना शुल्क गरिएको नेपाल एकेडेमीले जनाएको छ । एकेडेमीका अनुनसर यस प्रतियोगिताले नयाँ आरोहीहरू जन्माउन सक्ने सम्भावना बाेकेकाे छ ।