काठमाडौं– आईपे रेमिट प्रा. लि. र खल्ती (स्प्यारो) प्रा. लि. बीच सम्झौता भएको छ । सम्झौतामा आईपे रेमिट प्रा.लि.का कार्यकारी निर्देशक ईन्द्र प्रसाद शर्मा र खल्तीका कार्यकारी अधिकृत अमित अग्रवालले हस्ताक्षर गरेका थिए । सम्झौतापछि सेवाग्राहीलाई अब अनलाईनबाटै विप्रेशण कारोबार गर्न सकिने व्यवस्था मिलाइएको छ भने अब उप्रान्त आईपे रेमिट मार्फत् देश तथा विदेशबाट पठाएको पैसा खल्तीका दश हजारभन्दा बढि एक्टिभ एजेन्ट मार्फत प्राप्त गर्नका साथै आई पे रेमिटका ७५०० भन्दा बढि एजेन्ट मार्फत खल्तीको एकाउन्टमा टपअप गर्न सकिने व्यवस्था रहेको आई पे रेमिटका बजार प्रमुख रूप नारायण श्रेष्ठले बताए ।