नेपालगन्ज । पुस ९ गते ।
नेपाली कथानक चलचित्र मन त परदेशीले सबैको मन छुने चलचित्र निर्माण समुहले दाबि गरेको छ ।
पुस १४ गतेबाट देशभर प्रर्दशनमा आउदै गरेको चलचित्रको प्रचार प्रसारको लागि नेपालगन्ज आइपुगेकोे टिमले पत्रकार सम्मेलन गरेर चलचित्रले दर्शकहरुको मन जित्ने बताएको हो । चलचित्रका निर्माता दुर्गा बहादुर खड्काले चलचित्रमा बेरोजगार युवाको कथा बस्तु समेटिएको बताए । बाँके, बर्दिया र कतारका दृव्यहरु छायांकन गरिएको चलचित्रले लगानी उठाउनेमा आफुहरु आशावादी रहेको उहाँको भनाई थियो । निर्देशक देव नेपालका अनुसार रोजगारीको लागि बिदेशिएका नेपाली युवाले झेल्नु पर्ने समस्यालाई चलचित्रमा समेटिएको बताए । चलचित्रमा दिपेशराज पाण्डे र समिता गिरीको मुख्य भुमिका रहेको छ भने पाण्डे र गिरीसँगै विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको बताईएको छ ।