काठमाडौं- हिमाल जाेगाउने समुदाय शेर्पा रहेकाे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बताएका छन् ।
शुक्रबार नेपाल पर्वतीय प्रतिष्ठानद्वारा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री पाण्डेले विश्वमा वीर गाेर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएकाे बताएका हुन् ।
मन्त्री पाण्डेले भने , 'प्रत्येक समाज र देशकाे आ-आफ्नै संस्कृति छ। बीर गाेरखाली र हाम्रा पाेरख गर्ने हिमाल चढ्ने र चढाउने हिमाली शेर्पाहरू हुन् । हाम्रो साहसिक शेर्पाहरूले नै हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु भएकाे छ।
मन्त्री पाण्डेले माउन्टेन एकेडेमीलाई अन्तर्राष्ट्रिय शैक्षिक हबका रूपमा अघि बढाउनु पर्ने समेत बताएका छन् । उनले भने, 'अब यसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाउनुपर्छ ।
साेलुखुम्बु र त्यस क्षेत्र वरपरका मात्रै हाेईन, संसारभरका विद्यार्थीहरू पढ्ने गरि दायरा विस्तार हुनेमा उनले विश्वास व्यक्त गरे ।