काठमाडाैं - खिजीदेम्बा गाउँपालिकाले पर्यटन विकास, प्रचारप्रसार, सम्बद्र्धन र प्रबद्र्धनका साथै पर्यटन क्षेत्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका आरोहीहरुलाई सम्मान गर्ने क्रममा कुंगा शेर्पालाई खिजीदेम्बाको सद्भावना दूत घोषणा गरेकाे छ ।
काठमाडौंको ज्योति पाटी प्यालेसमा आइतबार पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाको सभाध्यक्षतामा कुंगा शेर्पालाई खिजीदेम्बाको सद्भावना दूत घोषणा गरेका हुन् ।
खिजीदेम्बा गाउँपालिकाको तर्फबाट ओखलढुङ्गाको लोगो अंकित झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा उनले सन् २०२४ मे २१ का दिन विहान ६ः३० बजे फहराएका थिए ।विश्वमाझ खिजीदेम्बा गाउँपालिकालाई चिनाएकोमा प्रशंसनीय र कदरयोग्य काम गरेकाले खिजीदेम्बा ६ भित्ते निवासी शेर्पालाई पर्यटन सद्भावना दूत घोषणा गरी आपसी सम्झौता पालिकाले गरेको हो ।