काठमाडाैं - नेपाल भित्रिने अमेरिकी र यूरोप मुलुकका पर्यटक घटेको छ।हवाई र बाटोको सुरक्षाको कारण अमेरिका र युरोप मुलुकका पर्यटक घटेको नेपाल पर्यटन बोर्डका अध्यक्ष मणिराज लामिछानेले बताएका हुन् ।
उनले भने,"हवाई र बाटोको कारण देखाउँदै धेरै पर्यटक नेपाल आउन घटेको हो।"नेपालमा गएको अगस्त महिनामा ७२ हजार सात सय १९ भित्रिएका छन् भने ७१ हजार ९०४ पर्यटक नेपालबाट बाहिरिएका छन् ।सन् २०१९ को तुलनामा २०२४मा ७६.७५प्रतिशतले पर्यटन वृद्धि भएको छ ।
त्यस्तै २०२३ मा ६७ हजार एक सय ५३ पर्यटक भित्रिए,२०२२मा ४१ हजार तीन सय चार पर्यटक भित्रिएका थिए । सन् २०२१ मा छ हजार ९३,सन् २०२० मा दुई सय ६७ ,२०१९ मा ९४ हजार सात सय ४९ पर्यटक भित्रिएका थिए।
नेपालको पर्यटन क्षेत्रमा टप फाइभ मार्केट जेनेरेटिङमा भारत, चीन,अमेरिका ,श्रीलंका र बंगलादेश रहेका छन् । जहाँ भारतबाट २५ हजार ८३, चीन छ हजार छ सय १४, अमेरिकाबाट पाँच हजार छ सय १४,श्रीलंका चार हजार आठ सय ५१ ,र बंगलादेशबाट तीन हजार ७७को संख्यामा पर्यटकहरू भित्रिएका छन् ।