काठमाडाैं - ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ( टान) को अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डेले एक सय मत बढी ल्याइ विजयी भएका हुन् ।
टानको अध्यक्ष सागर पाण्डे र राजेन्द्र सापकोटाको उम्मेदवारी रहेकाे थियाे । अध्यक्ष पदका लागि सागर पाण्डेले पाँच सय ८० मत लिएर विजयी भएका छन् भने राजेन्द्र प्रसाद सापकोटाले केबल चार सय ८० मत पाएका हुन्।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सापकोटाको प्यानलबाट कर्मा शेर्पाले पाँच सय ५८ मत लिएर विजयी भएका छन् भने सागर पाण्डेको प्यानलबाट चोलेन्द्रबहादुर कार्कीले चार सय ८६ मत प्राप्त गरेका छन्।
त्यस्तै प्रथम उपाध्यक्षमा राजेन्द्र सापकोटाको प्यानलबाट विष्णुप्रसाद लम्सालले पाँच सय ३५ मत ल्याएर विजयी भएका छन् भने पाण्डेको प्यानलबाट उनका प्रतिद्वन्दी दावा लामा तामाङले पाँच सय १० मात्र मत ल्याएका छन्। टानको द्वितीय उपाध्यक्षमा राजेन्द्र सापकोटाको प्यानलबाट सनम शेर्पाले पाँच सय ४४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी सागर पाण्डेको प्यानलबाट निशेष थापाले चार सय ९३ मात्र मत पाएर हारेका हुन्।
त्यस्तै महासचिवको पदमा भने सागर पाण्डेको प्यानलबाट सोनम ग्याल्जेन शेर्पाले पाँच सय ५० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी राजेन्द्रप्रसाद सुवेदीले चार ९४ मत प्राप्त गरेका हुन्। राजेन्द्र प्रसाद सापकाेटाको प्यानलबाट सचिव पदमा भने रिन्जी जङ्गबु शेर्पाले पाँच सय ९१ मत ल्याएर विजयी भएका छन् भने सजना त्रिपाठीले चार सय ४५ मात्र प्राप्त गरेका छन् ।
यसैगरी कोषाध्यक्षमा राजेन्द्र प्रसाद सापकोटाको प्यानलले हात पारेकाे छ । सापकोटाको प्यानलबाट गौतमराज वाग्लेले पाँच सय ८३ मत ल्याएर विजयी भएका छन् भने गणेशप्रसाद न्यौपानेले चार ८९ नम्बर प्राप्त गरेका हुन्। सहकोषध्यक्षमा पनि सापकोटाकै प्यानलबाट लाक्पा तेम्बा शेर्पाले पाँच सय ७८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिवादी सागर पाण्डेको प्यानलबाट सहकोषध्यक्षमा डम्बरबहादुर अधिकारीले चार सय ४७ मत प्राप्त गरेका छन्।
महिला सदस्यमा पनि राजेन्द्र सापकोटाकै प्यानलबाट पवित्रा तामाङले पाँच सय ८५ मत प्राप्त गरी विजयी भएकी छिन् भने सागर पाण्डेको प्यानलबाट सृष्टि भण्डारीले चार सय ३० मात्र प्राप्त गरेकी छन्।
अन्य सदस्यतर्फमा भने सापकोटाको प्यानलबाट राजु गुरुङले छ सय चार मत प्राप्त गरी टानकाे नयाँ सदस्यता पाउन सफल भएका छन्। पाण्डेको प्यानलबाट अम्बिर बहादुर गुरुङले पाँच सय ७४ मत प्राप्त गरेका छन्। सापकोटाको प्यानलबाट सागर राईले पाँच सय ५६ मत प्राप्त गरेका छन् भने पाण्डेको प्यानलबाट विनोद कुमार तामाङले पाँच सय ४२ मत र होम बहादुर विश्वकर्माले पाँच सय १६ मत प्राप्त गरि टानकाे सदस्यतामा नाम लेखाएका छन् ।
यसैगरी छप्ते लामाले पाँच सय ११ मत प्राप्त गरी सदस्यता पाएका छन्। सापकोटाको प्यानलबाट विकास गुरुङले पाँच सय ९ मत प्राप्त गरेर सदस्यतामा नाम लेखाएका छन् भने पाण्डेको प्यानलबाट फुर्फु छिरिङ ल्हाेमी भोटेले चार ९४ मत प्राप्त गरी विजय भएका छन् ।