काठमाडौं-नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सिइओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखको पदमा दीपकराज जोशीलाई ४ (चार) वर्षको लागि नियुक्ति गर्ने निणर्य गरिएको हो ।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनौटका लागि गठित उपसमितिले वणर्ानुकम अनुसार दिपकराज जोशी (बगनाहा- ४, बर्दिया), धनन्जय रेग्मी (पौवैगौडे -२, स्याङ्जा) र ज्ञानेश्वर प्रसाद सिंह महतो, (दुर्गापुर- ७, सिराहा) लाई कार्यकारी समिति समक्ष सिफारिस गरेकोमा नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको मिति २०८१ भाद्र २० गते बसेको ३७९ औं बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम सो निर्णय गरेको हो ।
यसैबीच कार्यकारी प्रमुख (सिइओ) मा छनोट हुनु भएका दीपकराज जोशीले शुक्रवार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव एवं पर्यटन बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेयज्यूबाट पद तथा गोपनियताको सपथग्रहण सहित नियुक्त पत्र लिएका छन् । नवनियुक्त सिइओ जोशीले आइतवारबाट कार्यभार सम्हाल्ने छन् । उनले यसअघि पनि बोर्डको सिइओका रुपमा काम गरिसकेका छन् ।
म