काठमाडौं - स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रूपैँयाले घटेकाे छ ।आजका स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार दुई सय रूपैँयाले घटेर एक लाख ५२ हजारमा एक सय रूपैँयामा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबार प्रतितोला रु एक हजार तीन सयले वृद्धि भएर सुनको मूल्य प्रतितोला रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको थियाे ।
यस्तै चाँदीको मूल्य तोलामा रु ४५ रुपैँयाले घटेकाे छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार सात सय ५० मा निर्धारण भएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला रु एक हजार सात सय ९५ कारोबार भएको थियाे ।