चौतारा - जननायक विपि कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा सिन्धुपाल्चोक कांग्रेसले जेष्ठ नागरिकलाई खाद्यन्न वितरण गरेको छ।
विपि कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा कांग्रेस चौतारासागाचोकगढी नगरपालिकाको व्यवस्थापनमा सोमबार चौतारामा रहेको वृद्धाश्रममा ११ जना जेष्ठ नागरिकलाई खाद्यन्न वितरण गरेको छ।
सिन्धुपाल्चोक कांग्रेसका पूर्व सभापति श्यामबहादुर श्रेष्ठ र पूर्व सचिब एवम् महाधिवेशन प्रतिनिधि बिलबहादुर तामाङ, चौतारा साँगाचोक गढी नगरपालिकाका सभापति इन्द्रलोचन धिताललगायत पुगेर खाद्यान्न सामग्री वितरण गरेका थिए।
कांग्रेसले सोमबार विभिन्न कार्यक्रम गरि विपि जन्म जयन्ती मनाउदै छ। यता नेविसंघले जिल्लाका क्याम्पसहरुमा विपि कोइरालाले लेखेका पुस्तकहरु वितरण गरिरहेको नेविसंघका केन्द्रिय सदस्य अनिलकुमार सापकोटाले बताए।