जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई एक शारीरिक रुपले अपाङ्ग महिलालाई बलात्कार गरेको कसुरमा नौ वर्ष जेलसजाय र पीडितलाई रु ५० हजार क्षतिपूर्ति तिराउने फैसला गरेको छ । अदालतका स्रेस्तेदार राजकुमार आचार्यका अनुसार बिहीबार जिल्ला अदालत उदयपुरका न्यायाधीश मनोज केसीको इजलासले सो फैसला सुनाएको थियो । तामाङले २०७६ साल जेठ १२ गते ती महिलालाई बलात्कार गरेपछि पीडितका आफन्तले प्रहरीमा तामाङविरुद्ध उजुरी दिएको स्रेस्तेदार आचार्यले बताए । उजुरी दिएलगत्तै प्रहरीले तामाङलाई पक्राउ गरेर अनुसन्धानपश्चात मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा राखेको थियो ।