काठमाडौं - सुनको मूल्य प्रतिताेला दुई सय रुपैँयाले बढेको छ । सोमबार सुनको मूल्य प्रतिताेला दुई सयले बढेर प्रतितोला एक लाख ५२ हजार चार सय रुपैँया निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
साेमबार सुनको मूल्य प्रतिताेला एक लाख ५२ हजार दुई सय रुपैँयामा कारोबार भएको थियाे ।
यस्तै चाँदीको मूल्य एक हजार सात सय ६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा एक हजार सात सय ५५ रुपैयाँ कायम भएको थियाे ।