काठमाडाैं - सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटल लिमिटेडले निःशुल्क “सित्तैकमा” लगानी व्यवस्थापन सेवा योजना ल्याएकाे छ ।
गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि “सित्तैमा” लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएको हाे ।
देशैभरिका सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली टिएमएस कार्यालयमा चलाउन नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी शेयर बजारमा लगानी गर्ने ? कसरी शेयर कारोबार गर्ने ? भन्ने बारेमा जिज्ञासा उठ्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत “सित्तैमा लगानी व्यवस्थापन सेवा योजना” संचालनमा ल्याएको जानएकाे छ ।
यस योजनाले सम्पूर्ण सरकारी कर्मचारीहरुको बजारप्रतिको सकारात्मक भावनालाई जिवित राख्न र बजारबाट आर्जन गर्न सकिने सम्भावित प्रतिफलबाट वञ्चित हुनबाट जोगाउँदै निरन्तर बजारसँगै जोडिनको लागि पनि यो योजना धैरै फलदायी हुने विश्वास क्यापिटलले लिएको छ ।
यो योजना अन्तर्गत ग्राहकवर्गहरुले न्यूनतम लगानी रकम रु ३ लाख (नगद वा शेयर वा दुवै) बाट लगानी गर्न सक्नेछन् भने वार्षिक व्यवस्थापन शुल्क का साथै सेवाबाट बाहिरिदा समेत कुनै शुल्क नलाग्ने “सित्तैमा” गज्जवको योजना बजारमा ल्याएको छ । क्यापिटलले आफूले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५ प्रतिशत सम्म कार्य सम्पादन शुल्क लिने गरेकोमा यो योजना अन्तर्गत जम्मा १० प्रतिशत कार्य सम्पादन शुल्क लिने बम्पर छुटको व्यवस्था गरेको छ ।
यो योजना उपभोग गर्न इच्छुक ग्राहकवर्गहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर वा गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सम्पर्क गरी यो सुविधा उपभोग गर्न सक्ने जनाएकाे छ ।