काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन निर्माण गर्न प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले ४७ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । ३२ वर्षको इतिहास बोकेको संघसँग आफ्नो प्रशासनिक भवन नभएकोले भवन निर्माणार्थ आर्थिक सहयोग गरेको मञ्चले जनाएको छ ।
‘सिंगो राष्ट्रकै अर्थतन्त्र चलायमान गराउन प्रमुख भूमिका खेलेको वैदेशिक रोजगार क्षेत्रको नेतृत्व गर्ने छाता संघले आफ्नै प्रशासनिक भवन बनाउन कार्य प्रारम्भ गरेकोमा यसलाई सफल बनाउन सहयोग गरेका हौं,’ मञ्चका अध्यक्ष जनक रावलले भने, ‘सम्पूर्ण व्यवसायीहरुको अपनŒव हुनेगरी भवन निर्माण हुने भएकाले यस अभियानमा तन, मन, वचन र कर्मले सहभागी हुन पनि आग्रह गर्दछौं ।’
मञ्चका अध्यक्ष रावलसहितको टोलीले सोमबार संघका अध्यक्ष राजेन्द्र भण्डारीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । मञ्चको सहयोगबाट संघको भवन निर्माणमा महŒवपूर्ण योगदान पुग्ने अध्यक्ष भण्डारीले बताए ।