काठमाडौं -उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले शहरी क्षेत्रमा देखापरेका समस्या समधान गरिने बताएका छन् । आइतबार मन्त्री सिंहले मन्त्रालयमै नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने क्रममा यस्ताे बताएका हुन्।
प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री सिंहले शहरी क्षेत्रमा देखापरेका समस्यालाई नीति नियम बनाएर समधान गरिने बताए । उनले शहरलाई व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि नीति नियम बनाउन जरुरी रहेको जनाए ।
मन्त्री सिंहले भने, ‘टाउन डेभलपमेन्ट शहरलाई विकास गर्ने क्रममा देखा परेका समस्याहरुलाई पहिचान गरेर नीति नियम बनाएर ऐनमा लानका लागि प्रयास भइरहेका छन् । ग्रोथको इन्जिन भनेको शहरमै हो त्यसैले शहरलाई अलि व्यवस्थापन गर्दै लग्नुपर्छ । शहरलाई व्यवस्थित गर्दै गरे अर्पाटमेन्टदेखि विभिन्न क्षेत्रमा देखा परेका कमी कमजोरीहरुलाई खोजेर समाधान गर्नुपर्छ ।’
यस्तै उनले शहरी क्षेत्रमा देखिएका कमी कमजोरीहरुलाई पत्ता लगाएर विधी प्रकृया अनुसार ऐन बनाउनुपर्ने बताए । शहरको विकास गर्ने क्रममा राज्यलाई मात्र नभएर निजी क्षेत्रहरुलाई पनि समावेश गर्नुपर्ने उनको भनाइ थियो ।