काठमाडौं– साग्रिला डेभलपमेन्ट बैंक लि.गल्छी शाखाले सचेतना कार्यक्रम सम्पन्न गरेको छ । गल्छीस्थित जनजागरण मा.वि.का कक्षा १ देखि १२ सम्म अध्ययनरत बिधार्थी भाइबहिनीहरू र त्यसै अभिभावक र शिक्षकहलाई समेत राखी स्वास्थ्यचौकीको प्राविधीक सहयोगमा कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायसहितको सचेतना कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमको सहजीकरण बैंकका गल्छी शाखाप्रमुख गौरव काफ्लेले गरेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमालले कोरेनाभाइरसको संक्रमणबाट बच्ने उपायहरू बताएका थिए । कार्यक्रममा प्रमुख अतिथी गल्छी गा.पा.वडा न.४ का बडा अध्यक्ष एवम विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेका राजु अधिकारीले साग्रिला डेभलपमेन्ट बैकको उक्त कार्यको मुक्तकण्ठले प्रसंसा गरेका थिए । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कार्य गरेको बताएको छ ।