काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा दुई लाख १० हजार ३२१ जना सहभागी भएका थिए ।
बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ९० हजार ८८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । एक लाख १९ हजार ४२५ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
बोर्डले जनाएअनुसार १८ जनाले जिपिए ३.६१ देखि ४ सम्म ल्याएका छन् । २०८० सालको एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए ।
यसअघि असारमा सार्वजनिक भएको एसइईको नतिजामा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए ।