काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकलाई विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात २०७६ फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाले १०० प्रतिशत वा रू. १०,०००÷ सम्म नगद फिर्ता प्राप्त गर्न सकिने जनाएको छ । यस बैंकका महिला ग्राहकले मो–बैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्यूआर पेमेन्टलगायतका भुक्तानीमा यो योजना लागू हुने बैंकले जनाएको छ ।