काठमाडाैं - मुक्तिनाथ विकास बैंकद्वारा वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेकाे छ । नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारण सभाको अवसरमा साेही संस्थामा आवद्ध महिला उद्यमीहरुको लागि वित्तीय साक्षारता कार्यक्रम बैंकले सञ्चालन गरेको हाे ।
उक्त कार्यक्रममा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र मार्केटिङ विभागका प्रमुख विनयरत्न शाक्यले सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रममा महिला उद्यमीहरुले बैंकिङ कारोबार र सेवा सुविधा सम्बन्धी राख्नु भएको विभिन्न जिज्ञासाहरुलाई बैंकको तर्फबाट स्पष्ट समेत पारिएको थियो ।
महासंघका अध्यक्ष शोभा ज्ञवालीले उक्त कार्यक्रमबाट महिला उद्यमीहरुलाई बैंकिङ कारोबार गर्न प्रोत्साहन मिल्नुको साथै, बैंकको सेवा सुविधा बारे जानकारी भएको र सहभागीहरुको जिज्ञासाहरुलाई स्पष्ट भएकोले आगामी दिनमा बैंकबाट कर्जा उपयोग गर्न सहज हुने बताएका थिए ।
उक्त कार्यक्रममा महासघको तर्फबाट १५० जना महिला उद्यमीहरु सहभागी भएका थिए । यससँगै बैंकले “नेपालमै टिक्न, सजिलो छ” भन्ने मान्यता राख्दै साना तथा मझौला व्यापार–व्यवसायहरुलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जाहरु ल्याएको छ ।