काठमाडाैं - साउथ एसियाटिभी ( एस् ए टिभी) तथा नेपाल चाइना मिडिया फोरमको सह आयोजनामा तेस्रो चाइना नेपाल मिडिया समिट र जनवादी गणतन्त्र चीनको ७५ औँ वार्षिकोत्सव सम्पन्न भएको हाे।
नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले भने,'' नेपाल र चाइनाको सम्बन्ध सधैँ राम्रो रहेको छ ।'' उनले चीनले सधैँ नेपाल र नेपालीको समृद्धि चाहन्छाैं। चीन देशले ७५औँ स्थापना दिवस मनाइरहँदा धेरै खुट्किलाहरू चढेर आएकाले गरिब देशको सुचीबाट धनी देशको सुचीमा पुग्दाका सङ्घर्ष र कथाहरूबाट नेपालले पनि सिक्न सक्नेछ ।उनले भने , ''नेपालको अर्थतन्त्रमा सहयोग पुर्याउन नेपालबाट उत्पादित वस्तुहरूलाई कर नलाग्ने व्यवस्था गरेको छ। नेपाल र चाइनाको बिचमा अझै समन्वय गरेर चाइनाबाट धेरै भन्दा धेरै फाइदा लिन नेपालले सक्नु पर्ने र त्यसका लागि सञ्चारमाध्यमहरूकाे महत्वपूर्ण जिम्मेवारी हुन्छ ।'' थुप्रै सामाजिक तथा आर्थिक लगानी गरेको भए पनि त्यसले नेपालमा लगानी नपुगेको बताउँदै त्यसमा अझै मेहनत गर्नु पर्नेमा उनले जोड दिए ।
प्रमुख अतिथिका रुपमा पृथ्वी सुब्बा गुरुङले कार्यक्रममा बाेल्दै भने,'' नेपाल र चीन बिचको लामो सुमधुर सम्बन्ध रहँदै आएको छ र रहिरहनेमा विश्वस्त छाैं । उनले चीनकाे ७५ औँ स्थापना दिवसको शुभकामना दिँदै भने प्रायः समय पत्रकारिता क्षेत्रले देविकास तथा छिमेक देशमा ल्याउने सकारात्मक परिवर्तन हाे । नेपाललाई चीन सरकारले पूर्वाधार विकासमा पनि महत्त्वपूर्ण सहयोग गर्दै आएको र यस सहयोगमा बढोत्तरीको आशा राखेका छाैँ ।''
एस्ए टिभीका अध्यक्ष तथा आयोजक हौ सि होङ् ले यस सुमधुर समयमा भएको कार्यक्रममा सहभागी भएर कार्यक्रमको शोभा बढाइदिएकोमा अतिथिहरूलाई धन्यवाद अर्पण गर्दै एस् ए टी भी ले आगामी दिनमा पनि नेपाल र चीन सम्बन्ध सुधार तथा अपनत्व बढाउन यी र यस्ता कार्यक्रमहरू गरिराख्ने बताए ।
साे कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेपालस्थित चिनियाँ उद्यमीहरुको संस्थाका अध्यक्ष चु चिङ चुन, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष राम प्रसाद सापकोटा ,संचारकर्मी लगायतको उपस्थिति थियो।