काठमाडाैं - अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन सम्मेलनमा अन्नपूर्ण प्रथमलाई विश्वव्यापी मान्यता प्राप्त भएकाे छ ।
चीनको ग्वानजाउ (Guizhou) प्रान्तको शिङ्गई शहरमा आयोजित इन्टरटरनेशनल माउण्टेन टुरिजम एण्ड आउटडोर स्र्पोटस कन्फ्रेन्स (International Mountain Tourism and Outdoor Sports Conference) मा नेपालको “अन्नपूर्ण प्रथम”लाई विश्व प्रसिद्ध पर्यटकीय "World Famous Tourism Mountain" को रुपमा छनौट गरी मान्यता प्रदान गरेको हाे ।
३८ देशका १९९ भन्दा बढी संगठनहरूको अन्तर्राष्ट्रिय सञ्जाल International Mountain Tourism Alliance (IMTA), ले अन्नपूर्ण प्रथम उक्त प्रतिष्ठित मान्यता प्रदान गरेको हो, जसले अन्नपूर्ण प्रथमको प्राकृतिक सुन्दरता, जैव विविधता र सांस्कृतिक महत्वलाई मान्यता दिएको छ ।
उक्त समारोहमा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) का अध्यक्ष कुमारमणि थापालियाले संघको तर्फबाट उक्त सम्मान ग्रहण गरेका थिए । ईस्वी १९६६ मा स्थापना भएको नाटाले नेपालभरका १हजार १०० भन्दा बढी टुर एजेन्सीहरू र टुर अपरेटरहरूलाई प्रतिनिधित्व सहित दीगो पर्यटन विकासलाई प्रवद्र्धन, नीतिगत संरचना तथा अनुसन्धान गर्ने लगायत नैतिक व्यवसायिक अभ्यासहरूको वकालत गर्दै आईरहेको छ ।
नेचुरल ओरियन्टेश श्रेणी अन्तर्गत प्रस्तुत गरिएको यो पुरस्कारले अन्नपूर्ण वानलाई ट्रेकर, पर्वतारोहीहरू र प्रकृतिप्रेमीहरूको लागि विश्वव्यापी गन्तव्यको रूपमा मनाउनका लागि समर्पित गरिएको छ । ८ हजार ९१ मिटर उचाइमा रहेको यो पर्वत, यसको मनमोहक दृश्य र चुनौतीपूणर् मार्गहरूको लागि प्रख्यात छ ।
उक्त सम्मेलनमा “Tourism & Peace” को मूल नारा सहित विश्वका ३८ देशबाट ४०० जना भन्दा बढी सहभागीहरूको स्वागत सहित पर्वतीय पर्यटन विकासमा अन्तर्राष्ट्रिय सहयोगको महत्वलाई उजागर गरेको थियो ।
अन्नपूर्ण प्रथमको यस मान्यताले यसको प्राकृतिक महिमा भन्दा पर जान्छ र नेपालका संरक्षण प्रयासहरूलाई पनि विश्व सामु उजागर गर्दछ । विशेष गरी अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना -ACAP_ मार्फत, देशको सबैभन्दा ठूलो संरक्षित क्षेत्र हो र जसले वातावरणीय संरक्षण र स्थानीय सामाजिक-आर्थिक विकासबीचको सन्तुलनको प्रवद्र्धन गर्दछ ।