काठमाडौं - लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु आठ सयले घटेकाे छ ।
शुक्रबार प्रतितोला रुएक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ६० हजार छ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज चाँदीको मूल्यमा पनि दश रुपैँयाले घटेर चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ४५ मूल्य निर्धारण भएकाे छ ।