काठमाडौं -दशैंको लागि नेपाल राष्ट्र बैंकले आजदेखि सुकिला नोट वितरण गर्न थालेको छ।
हरेक वर्ष दशैँका लागि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैंकले यसपटक सुकिला नोट मात्र दिने भएको हो।
आजदेखि सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यालय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सक्नेछन्।
दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ।
दशैँ–तिहारका लागि ५, १० २०, ५० र १०० दरका नयाँ नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक सुकिला नोट सटहीको सुविधा दिनेछ।