काठमाडौं - धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाएर सवारी सुचारु गरिएको छ ।
काठमाडौँ भित्रिने सवारीसाधन मात्र सञ्चालन गरिएको प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर हेम थपलियाले बताएका छन् ।
आइतबार साँझ साढे ७ बजेदेखि लामो सयमदेखि रोकिएका सवारी साधन काठमाडौँ प्रवेश गरिरहेका छन् ।
काठमाडौंबाट बाहिरिने सवारी साधन नागढुंगामा रोकिएका छन् । जाम व्यवस्थापनका लागि काठमाडौँ बाहिर जानेलाई प्रहरीले रोकेको छ ।