काठमाडौं - लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु एक सयले घटेकाे छ ।
हिजाे प्रतितोला रु एक लाख ६० हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ६० हजार पाँच सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज चाँदीको मूल्यमा पनि पाँच रुपैँयाले घटेर प्रतितोला रु एक हजार नौ सय ४० मूल्य निर्धारण भएकाे छ । हिजाे चाँदी मूल्य रु एक हजार नौ सय ४५ मूल्यमा काराेबार भएकाे छ ।