काठमाडौं– इजरायलले दीर्घकालीन स्याहार केन्द्रका लागि चाहिने सहायक कामदार (केयर गिभर)मा लैजान छनोट भएका नेपालीहरुको सूची पठाएको छ । असोज १३ गते इजरायलको सरकारी निकाय जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिबा)ले लक्की ड्रमार्फत छनोटमा परेकाहरुको सूची पठाएको विभागले जनाएको छ ।
नेपालले नामावली परीक्षणका लागि पठाएकामध्ये पिबाले लक्की ड्रमार्फत छनोट भएका एक हजार १५६ जना महिला र ९५६ पुरुष गरी दुई हजार ११२ जनाको सूची पठाएको विभागले जानकारी दिएको छ ।
सूचीमा परेका उम्मेदवारहरुलाई स्वास्थ्य परीक्षणलगायतका कार्य अर्को सूचनामार्फत जानकारी दिने विभागले उल्लेख गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको जिटुजी श्रम सम्झौताअनुसार इजरायलमा दुई हजार केयर गिभर पठाउन विभागले गत असार ११ गते आवेदन माग गरेको थियो ।