काठमाडौं - सेप्टेम्बरमा ९६ हजार ३०५ जना पर्यटककाे आगमन भएकाे छ । सेप्टेम्बरमा ९६ हजार ३०५ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको हाे ।
सन् २०२४ को ९ महिनामा ८ लाख १६ हजार ६३९ पर्यटक नेपाल आएका छन् । तीमध्ये सबैभन्दा धेरै मार्च र अप्रिलमा १ लाखमाथि आएका छन् । जनवरीमा भने ७९ हजार १०० पर्यटक आएका थिए ।
सेप्टेम्बरमा सबैभन्दा धेरै पर्यटक भारतबाट २२ हजार ९८४ संख्यामा भित्रिएका छन् । गत वर्षको सेप्टेम्बरमा २८ हजार ६९४ पर्यटक आएका थिए । सेप्टेम्बरमा नेपाल आउनेमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै हो ।
दोस्रोमा भने अमेरिकाबाट १० हजार ८४ जना पर्यटक आएका छन् । त्यस्तै चीनका ८ हजार ४२, अस्ट्रेलियाका ५ हजार ३८, बेलायतका ४ हजार ४ सय ९३, बंगलादेशका ४ हजार १०३ लगायत देशका पर्यटक नेपाल आएका छन् ।
कुन महिनामा कति ?
जनवरी : ७९, १००
फेब्रुअरी : ९७,४२६
मार्च : १,२८,१६७
अप्रिल : १,११,३७६
मे : ९०,२११
जुन : ७६,७३६
जुलाई : ६४,५९९
अगस्ट : ७२,७१९
सेप्टेम्बर : ९६,३०५