काठमाडौं– संस्कृति पर्ययटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णीमाको दिनसम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताएका छन् । मन्त्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रातिकालीन उडानको व्यवस्था मिलाएको बताएका हुन् ।
मन्त्री पाण्डेले भन्नु भयो,बाढी पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णीमाको दिनसम्म त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल,गौतमबुद्ध, विमानस्थल र पोखरा विमानस्थल लगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको छ ।
साथै मन्त्री पाण्डेले रात्रीकालिन उडान हुने सम्पूर्ण विमानस्थलमा विहान साढे चार बजेदेखि राति अपरेशनको समयमा आवश्यकता अनुसार उडान हुने उल्लेख गरेका छन् ।