काठमाडौं - आज सुनको मूल्य तोलामा पाँच सय रुपैँयाले घटेकाे छ ।
शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार रुपैँयामा कारोबार भएको छापावाला सुनकाे मूल्य आजका लागि प्रतितोला रु एक लाख ६० हजार पाँच सय रुपैँया निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज चाँदीको मूल्यमा पनि ५ रुपैँयाले घटेर प्रतितोला रु एक हजार नाै सय ८० मूल्य निर्धारण भएकाे छ । हिजाे चाँदी मूल्य रु एक हजार नौ सय ८५ रुपैँयामा काराेबार भएकाे छ ।