एजेन्सी - युरोपेली संघ(ईयू) ले मङ्गलबार संघबाट आयात हुने ’ब्रान्डी’मा ’एन्टि–डम्पिङ’ उपाय लगाउने चीनको कदम विरूद्ध विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा चुनौती दिने बताएको छ ।
युरोपेली आयोगले चिनियाँ निर्मित विद्युतीय सवारी साधनमा भारी अतिरिक्त आयात शुल्क लगाएपछि बेइजिङको यो कदम ब्रसेल्स विरूद्ध “जस्तालाई त्यस्तै” व्यवहारको उपाय जस्तो देखिएको छ ।
“ ईयूबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको अस्थायी एन्टिडम्पिङ उपाय विरुद्ध युरोपेली आयोगले विश्व व्यापार सङ्गठनमा उजुरी दिनेछ”, आयोगका व्यापार प्रवक्ता ओलोफ गिलले एक विज्ञप्तिमा भने ।
“ यी उपायहरू निराधार रहेको हामी विश्वस्त छौँ र हामी व्यापार रक्षा उपकरणको दुरुपयोग विरुद्ध ईयूको रक्षा गर्न कटिबद्ध छौं”, गिलले बताए ।