काठमाडाैं - नेपाल वायुसेवा निगमले २०८१ साेज मसान्तसम्मको ५३ कराेड बाराबरकाे ऋण तिरेकाे छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट नेपाल वायुसेवा निगमले २०८१ असाेज मसान्तसम्म ५३ कराेड बाराबरकाे ऋण तिरेकाे हाे ।
दुई न्यारोबडि जहाजको २०८१ आश्विन महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजको आंशिक गरी मिति २०८१ आश्विन ३० गते जम्मा रु ५३,०९,५५,२८१ (अक्षरेपी त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ मात्र) रकम भुक्तानी गरेको हाे । निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८१ आश्विन सम्मको अवधिमा ६ अर्व ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।
विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याज, व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ ।